डलर साटिदिने बहानामा ५ लाख रुपैयाँ ठगी

काठमाडौँ । डलर साट्ना खोज्दा काठमाडौँका एक युवकको ५ लाख रुपैयाँ ठगिएको छ। काठमाडौँ तार्केश्वर नगरपालिका–७ फुटुङ बस्ने २८ वर्षीय युवकको ५ लाख रुपैयाँ ठगी भएको हो।

ती युवकलाई सोमबारदेखि चिनजानको साथी हौं भन्दै अपरिचितले फोन गरेर डलर साट्न बोलाएर ठगी गरेको खुलेको छ।

डलर लिएर कपडाको टुक्रामा सेतो धर्के कागज पोको पारी दिएर ३ जना अपरिचित व्यक्तिहरु रकम लिएर फरार भएको प्रहरीले जनाएको छ।

फरार व्यक्तिहरुको खोजी कार्य भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।