प्याजको कृत्रिम अभाव सिर्जना गर्ने पक्राउ

काठमाडौँ । प्याजको कृत्रिम अभाव सिर्जना गरी मूल्य बढाएर बेच्ने दुई वटा थोक विक्रेता कारबाहीमा परेका छन् ।

बिहीबार वाणिज्य विभाग र काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिको टोलीले नयाँ बानेश्वरस्थित तरकारी बजारमा संयुक्त रुपमा गरेको अनुगमनमा २ वटा पसलबाट ४० बोरा लुकाइराखेको प्याज बरामद गरिएको विभागले जनाएको छ ।

उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमिल्सिनाका अनुसार भारतले प्याज निर्यातमा प्रतिवन्ध लगाएपछि व्यापारीहरुले प्याज लुकाएर कृत्रिम अभाव सिर्जना गराएर मूल्य बढाएपछि अनुगमन थालिएको हो ।

ती दुई पसललाई कारवाही गर्ने विभागले जनाएको छ । दुईमध्ये एक पसलमा सील गरिएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए।

ताजा अपडेट