कोरोना : भारतमा एकै दिनमा ८६ हजार ९६१ संक्रमित

काठमाडौँ । भारतमा एकै दिन ८६ हजार ९६१ संक्रमित थपिएका छन्। योसँगै भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित भएकाको कुल संख्या ५४ लाख ८७ हजार ५८१ पुगेको छ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाकै कारणले एक हजार १३० जनाको मृत्यु भएको जनाएको छ। यसैसँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेृ व्यक्तिको संख्या ८७ हजार ८८२ पुगेको छ।

भारतमा कुल संक्रमितमध्ये अहिले पनि १० लाख ३ हजार २९९ जना संक्रमित अवस्थामै छन्। ४३ लाख ९६ हजार ३९९ जना भने संक्रमणमुक्त भइसकेका छन्।

सबैभन्दा धेरै महाराष्ट्र प्रदेशमा संक्रमित भएका छन्। महाराष्ट्रमा अहिले पनि दुई लाख ९८ हजार ५८३ जना संक्रमित छन् भने कर्नाटकमा एक लाख एक हजार १४८ जना संक्रमित छन्।

त्यसैगरी आन्ध्र प्रदेशमा ८१ हजार ७६३ जना,संक्रमित रहेका अधिकारीहरुले जनाएका छन्। भारतीय मेडिकल रिसर्च काउन्सिलका अनुसार भारतमा अहिलेसम्म छ करोड ४३ लाख ९२ हजार ५३४ जनाको कोरोना परीक्षण गरिएको छ।