कोरोना :निको भए धौलागिरि अस्पतालका सबै विरामी

काठमाडौँ । गण्डकी प्रदेशमै पहिलोपटक कोभिड–१९ का बिरामीको उपचार थालेको धौलागिरि अस्पतालका सबै बिरामी निको भएपछि खाली भएको छ।
संक्रमण पुष्टि भएर पछिल्लो पटक उपचाररत तीन जनाको समेत नेगेटिभ रिपोर्ट आएपछि अस्पतालमा कोभिड–१९ का बिरामी छैनन्।

चैतको १५ गते बागलुङ नगरपालिका–४ की १९ वर्षीया युवतीलाई आइसोलेसनमा राखेर अस्पतालले कोभिड–१९ को पहिलो उपचार चालेको थियो।
उनी वैशाख १२ गते निको भएर घर फर्किएपछि जेठसम्म अस्पतालमा बिरामी आएनन्।
जेठको पहिलो साताबाट निरन्तर कोभिड–१९ का बिरामीलाई आसोलेसनमा राखेर उपचार गर्दै आएको अस्पताल मंगलबारदेखि खाली भएको अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले जानकारी दिए।
गण्डकी प्रदेश सरकारले कोभिड अस्पताल घोषणा गरेको यो अस्पतालमा हालसम्म १७४ जनाले उपचार गराएका छन्।

गौतमका अनुसार अस्पतालले सातमहिने बच्चादेखि ६५ वर्षीय वृद्ध सम्मलाई आइसोलेसनमा राखेर उपचार गरेको थियो। अस्पतालमा उपचार गराउनेमा पाँच स्वास्थ्यकर्मी, तीन जनप्रतिनिधि र तीनजना सुत्केरीसमेत छन्।


२५ महिला संक्रमितको उपचार भएको अस्पतालमा १४९ जना पुरुषले कोभिड–१९ को उपचार गराए। ‘अहिले स्थानीय तहमा पनि अस्थायी कोभिड–१९ अस्पताल बनेका छन्, त्यसैले बिरामीहरु आउनुभएको छैन, पहिले रहनुभएका सबै निको भइसक्नुभयो’, गौतमले भने, “अब नियमित सेवा सञ्चालनमा सहज हुन्छ।’

+ posts

सम्वन्धित समाचार

अधिकांश स्थानीय तहको बजेट आज

काठमाडौं । अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा बिहीबार प्रस्तुत गर्दैछन् । कतिपय स्थानीय तहले असार १०...

झरीको दिनमा बजेट भ्याउन पिच

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा महानगरपालिकाले २ नम्बर वडा क्षेत्रमा सडक कालोपत्रेको काम असारको पहिलो साता मात्रै सुरु ग¥यो। बजेट...

ताजा समाचार

अधिकांश स्थानीय तहको बजेट आज

काठमाडौं । अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा बिहीबार प्रस्तुत गर्दैछन् । कतिपय स्थानीय तहले असार १०...

झरीको दिनमा बजेट भ्याउन पिच

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा महानगरपालिकाले २ नम्बर वडा क्षेत्रमा सडक कालोपत्रेको काम असारको पहिलो साता मात्रै सुरु ग¥यो। बजेट...

मान्छे बेच्ने म्यानपावरका माफियालाई झड्का

काठमाडौं । वैदेशिक रोजगार ऐनअनुसार वैदेशिक रोजगार व्यवसायी कम्पनीमध्ये ८५ प्रतिशत खारेजीको जोखिममा पुगेका छन् । आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा...

११ र १२ का सबै विद्यार्थीले निशुल्क पाठ्यपुस्तक पाउने

काठमाडौं ।  सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीले यस पटकबाट निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्ने भएका छन् ।...

वकिलहरूको ठहर देउवाको माग दाबी पुगेको छ

काठमाडौं । कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर...