बीर अस्पतालमा कैदीको मृत्युबारे के भन्छ अस्पताल

काठमाडौँ । देशकै पुरानो अस्पतालका रुपमा रहेको बीर अस्पतालमा एक कैदी विरामीको मृत्युको प्रकरण यतिखेर सामाजिक सञ्जालमा निकै चर्चित बनिरहेको छ । मृतक आफन्तले अस्पताल पुगेर विरामीको स्वभाविक मृत्यु नभएर हत्या गरिएको भन्दै प्रचार गरेपछि वीर अस्पताल प्रशासनले विज्ञप्ति जारी गर्दै सो घटनाको तथ्य सार्वजनि गरेको छ ।
अस्पतालका निर्देशक डा केदार सेन्चुरीले ६३ वर्षिय कैदीवन्दीको उपचारका क्रममा मृत्यु भएको र उनी दीर्घ रोगी समेत रहेका बताएको छ । साथै निजको आँखा झिकेको, घाँटी काटिएको जस्ता कुरालाई अफवाह भन्दै अस्पतालले कोरोना त्रासले गर्दा पोस्टमार्टम र अन्त्यष्टि हुन नसकेको जनाएको छ । साथै भ्रामक समाचार सम्प्रेषण भएकोमा अस्पतालले आपत्ति जनाएको छ ।

ुशवलाई उपयुक्त रेफ्रिजेरेटरमा नराख्दा हुने यो सामान्य प्रक्रिया हो। यो मेडिकल अवस्थालाई नबुझी केही सञ्चारमाध्यमहरुमा आँखा निकालिएको, चोटपटक लागेको र घाँटी काटिएको जस्ता भ्रामक समाचार सम्प्रेषण भएकोमा ती समाचारमा कुनै सत्यता र यथार्थ छैन,ु डा अस्पतालको विज्ञप्तिमा उल्लेख छ ।

साथै मृतकका परिवार पनि मृत्युपछि नै अस्पताल पुगेका थिए । यस्तै मृतकका आफन्तले सहमति नदिँदा अन्त्यष्टि हुन नसकेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका अनुसार केन्द्रीय कारागार सुनधारामा रहेका ती व्यक्तिलाई केही दिन अघिदेखि नै श्वासप्रश्वासमा समस्या भएपछि यही असोज ३ गते वीर अस्पतालमा भर्ना गरिएको हो । र ४ गते मृत्यु भयो ।

कारागार प्रमुख लक्ष्मी प्रसाद बास्कोटाले पनि कैदीबन्दीको मृत्युबारे विवादास्पद सूचना आएपछि त्यसको निरीक्षण गरिएको बताएका छन् । तर प्रहरी, कारागार र स्वास्थ्यकर्मीसहितको रोहवरमा शव अवलोकन गर्दा हल्ला गरिए जस्तो चोटपटक नदेखिएको बास्कोटाले बताएका छन् ।