राप्रपाको एकता महाधिवेशन आगामी वैशाखमा हुने

काठमाडौं । पूर्वपञ्चहरुको बाहुल्यता रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन २०७८ वैशाखमा हुने सो पाटीले जनाएको छ । पार्टी केन्द्रीय सचिवालले सार्वजनिक गरेको विज्ञप्ति अनुसार एकता महाधिवेशनको मिति २०७८ वैशाख २५ देखि २५ सम्म काठमाडौंमा हुने निश्चित भएको हो । मंगलबार बसेको पार्टी केन्द्रीय कार्य समिति बैठकले महाधिवेशनको मिति टुंगो लगाएको हो ।

सँगै पार्टीको चुनाव चिह्न र झण्डाको टुंगो लागेपछि निर्वाचन आयोगमा गई राष्ट्रिय प्रजातन्त्र पार्टी दर्ता सम्बन्धि सम्पूर्ण काम कारवाहीको जिम्मा नेता दीपक बोहोरा, राजु बस्नेत, धुव्रबहादुर प्रधान र रामशरण पाठकलाई अख्तियारी दिएको छ ।

तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता गर्दाको बखत पेश भएको विधान र प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन २०७४ मा पेश भएको राजनीतिक घोषणा पत्रलाई एकिकरण पश्चातको राष्ट्रिय प्रजातन्त्र पार्टीको अन्तरिम विधान र घोषणापत्र कायम गरी त्यसको जानकारी निर्वाचन आयोगमा पठाउने निर्णयसमेत भएको छ ।

पार्टी अन्तरिम विधान, नियमावली र घोषणापत्रमा उल्लेखित कुनै वुँदाहरु बाझिएमा पार्टी एकिकरण सम्बन्धि आधारपत्र अनुसार नै हुने निर्णय गर्ने सहमति भएको छ । राप्रपाले पार्टी झण्डा र चुनाव चिह्नको समेत टुंगो लगाएको छ ।

‘साविक राष्ट्रिय प्रजातन्त्र पार्टीको “गाई” अंकित रातो, पहेँलो र निलो रंगको झण्डा एकिकृत पार्टीको झण्डा हुनेछ’, निर्णयमा भनिएको छ, ‘पार्टीको चुनाव चिह्न हलो कायम गर्ने निर्णय गरियो ।

ताजा अपडेट