१५ लाख फिरौती नदिँदा बम विस्फोट गराउने व्यक्ति पक्राउ

काठमाडौँ । आपराधिक लाभ, बम विष्फोट तथा संगठित अपराध मुद्दामा फरार रहेका एक प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सप्तरीको टोलीले पक्राउ गरेको छ।

बारा परवानीपुर गाउँपालिका(१ का ३६ वर्षीय कपिलदेव महतोलाई गएराति घरबाटै प्रहरीले पक्राउ गरेको हो।

केही दिनअघि नेपाल प्रवेश गरेर लुकिछिपी आपराधिक गतिविधिमा संलग्न हुन लागेको भन्ने सूचनाको आधारमा प्रहरीले निगरानी गरेको थियो।

परवानीपुर गाउँपालिका(४ स्थित एमएस इँट्टा उद्योगका सञ्चालकले १५ लाख रुपैयाँ फिरौती रकम नदिएको भन्दै महतोसहितको समूहले ४ कात्तिक २०७६ मा इँट्टा उद्योगमा बम विष्फोट गराएको थियो।

बम विष्फोटपछि पनि फिरौती रकम दिनु नत्र घरपरिवार समेतलाई खतरा हुने भन्दै पटकपटक धम्की दिइएको थियो।

२५ मंसिर २०७६ मा फिरौती रकम तीन लाख लिएर परवानीपुर गाउँपालिका(४ चैनपुरमा आउन भनेर बोलाएको भन्दै इँट्टा उद्योगका सञ्चालकले प्रहरीमा खबर गरेका थिए।

प्रहरीले फिरौती रकम लिन आएका ३१ वर्षीय प्रमोद साह गोढ, २० वर्षीय देव शंकर राम, २० वर्षीय अच्छेलाल गोसाई र ३९ वर्षीय दिपेन्द्र कुमार धानुक समेतलाई तत्काल पक्राउ गरेको थियो। तर, महतो भने फरार भएका थिए।

पक्राउ परेकाविरुद्ध आपराधिक लाभ, बम विष्फोट तथा संगठित अपराध मुद्दामा अनुसन्धान गरी प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गरेको थियो।

२७ माघ २०७६ मा जिल्ला अदालतको आदेशले पक्राउ परेकाहरु पुर्पक्षको लागि कारागार कार्यालय बीरगन्ज चलान भएका थिए।

+ posts

सम्वन्धित समाचार

इन्दिरा जोशीले रोजिन् मारवाडी केटा

काठमाडौं । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । बिहीबारदेखि सुरु भएको माउन्ट एभरेस्ट फेसन रनवेमा...

जब ओली र प्रचण्डले एकअर्कालाई विष बमन गर्न थाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले र सत्ता गठबन्धनमा सहभागी माओवादी केन्द्र आगामी निर्वाचनबारे चिन्तित हुन थालेका छन्। आगामी फागुनमा स्थानीय तह...

ताजा समाचार

इन्दिरा जोशीले रोजिन् मारवाडी केटा

काठमाडौं । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । बिहीबारदेखि सुरु भएको माउन्ट एभरेस्ट फेसन रनवेमा...

जब ओली र प्रचण्डले एकअर्कालाई विष बमन गर्न थाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले र सत्ता गठबन्धनमा सहभागी माओवादी केन्द्र आगामी निर्वाचनबारे चिन्तित हुन थालेका छन्। आगामी फागुनमा स्थानीय तह...

२७ बुँदे स्वास्थ्य मापदण्ड पालना गरी विद्यालय खोल्न पाइने

काठमाडौं। महानगरभित्र विद्यालय सञ्चालन गर्न चाहनेले २७ बुँदे स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भएको छ । महानगरपालिकाले बिहीबार जानकारी गराए...

ईपीएल खेल्न शाहिद अफ्रिदी नेपालमा

काठमाडौं । विश्वचर्चित पाकिस्तान क्रिकेटर शाहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्न बिहीबार नेपाल आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिक्रिया दिँदै उनले...

म्याद गुज्रेका खाद्य सामग्री र औषधि बिक्री गरे कारबाही : गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले चाडपर्वका बेला म्याद गुज्रेका खाद्यसामग्री र औषधि बिक्री वितरण गरेको पाइएमा कानुन अनुरुप अगाडि बढ्न बाध्य हुने...