‘हाउस वाइफ’ वौद्धिकता नभएकी महिला होईनन्…

विश्वका महिलाले आफना पेशागत हक स्थापित गरिरहेका वेला नेपालका महिलाको स्थिति त्यस्तो छैन । यहाँ अझैपनि महिला दोस्रो दर्जाका मानिस र उनले गर्ने काम समेत दोस्रो दर्जाको रुपमा लिने गरिन्छ । हाम्रो समाज त्यस सोचबाट अझैपनि माथि उठ्न सकेको छैन । फलस्वरुप महिलाले गर्ने घरायसी काम र त्यसको महत्व हेँलामा छ । हुनत यो समस्या नेपालको मात्र होईन, दक्षिण एसियाली देशहरुकै हो । यहाँको ठुलो समस्या मध्ये एक महिला र पुरुष विचको लैङ्गिक असमानता एवम् शैक्षिक असमानता हो । लैङ्गिक असमानता एक यस्तो जटिल समस्या हो जसले समाजमा गरिवी, असमानता, अशिक्षा एवम् सामाजिक कुरितिहरुलाई पक्षपोषण गरेको छ ।
अझै नेपालको कुरा गर्दा त यहाँ महिलालाई घरेलु काममा सिमित राख्ने र आर्थिक आर्जन गर्ने क्षमताको विकास गर्नै नदिने प्रवृति धेरै छ । घर र घरका सदस्यको हेरचाह गर्ने, उनीहरुको आवश्यकता पूर्ति गर्ने जस्ता जिम्मेवारी परिवार र समाजले महिलालाई सुम्पिएको छ । तर, त्यसको महत्व परिवार र समाजले बुझ्दैन । एउटी गृहिणी महिलाको दिनचर्या कुनै कार्यालयको कर्मचारी भन्दा कम श्रमयुक्त हँुदैन् । विहानको मिरमिरे घामसगँै सुरुहुने जिम्मेवारी अवेर रात नहुदाँसम्म सकिदैन् । कुनै परिवारमा महिला अलिकति पनि गैरजिम्मेवार हुदाँ बच्चादेखि बुढासम्ममा पर्ने असर र पारिवारिक विखण्डन सर्वविवितै छ । यसरी गृहस्थ र पारिवारिक जीवनलाई स्वर्ग बनाउने महिला प्रतिको सामाजिक दृष्टिकोण भने तुच्छ देखिन्छ । घर वाहिर श्रम गर्ने पुरुषलाई ससम्मान आदर गर्ने समाजले घर भित्र सिमित र पारिवारिक जिम्मेवारी वहन गर्ने महिलालाई भने श्रमविहिन, अस्तित्वविहिन र बौद्धिकता विहिनताको संज्ञा दिने गरेको छ । यसको पुष्टि महिला माथि हुने घरेलु हिंसाको बढ्दो ग्राफले गर्छ । यस्ता हिंसाको अधिंकाश कारण महिलाले गर्ने कामको महत्व नजरअन्दाज गर्ने प्रवृति नै देखिएको छ ।

हाम्रो समाजको दृष्टिकोणमा महिलाको घरेलु श्रमलाई त एक विना महत्वको काम जस्तै बनेको पाइन्छ । त्यसैले त कुनै महिलाले म गृहिणी हुँ भनेर गर्भ गरि भन्न सक्दिनन् र सुन्नेहरुले पनि काम नलाग्ने अयोग्य मानिसको रुपमा बुझाई राख्छन् ।
घर भित्र बस्ने महिलालाई घरपरिवार वा समाजका मानिसले ज्इग्क्भ् ध्क्ष्ँभ् भनेर होच्याउने प्रवृति कुनै नौलो विषय होइन् । त्यस्तै महिला आत्मनिर्भर हुन घर बाहिर निस्कदाँ पुरुषको इज्जत कम हुने जस्ता अर्थ विहिन सोचले महिला र पुरुष विचको खाडल बढ्दै गएको छ । तर, अपसोचको विषय त के छ भने, कुनै पुरुषले त्यही घरभित्रको काम गरे ज्इग्क्भ् ध्इच्प्भ्च्,ज्इग्क्भ् प्भ्भ्एभ्च्, ऋययप भनि सम्मान पाउने गर्छ । उनीहरुको श्रमको कदर गर्दै श्रमको मुल्य पनि तिर्छौ । तर, यिनै काम महिलाले गरे गवाँर, अवुझ, वौद्धिकता विहिनको संज्ञा दिन्छौ । यस प्रकारको समाजको अविकसितपनले विश्वका महिलाहरुले एक उच्च उचाई लिइसकेका भएपनि नेपालका महिला कुवा भित्र नै रुमलिएको जिवन विताइ रहेका छन् ।
हुनत विश्व जगतमा महिलाले धेरै ठुला संर्घष गरेर, आफ्नो क्षमतालाई चिनेर, समाजको तुच्छ परिवन्धलाई तोडेर खुला मैदानमा आएका कारण आज श्रमको सम्मान पाइरहेका छन् । दोस्रो दर्जाको नागरिक होईन समानान्तर जिवन विताइ रहेका छन् । स्वतन्त्रता, सम्मान र सहभागिता पुरुषको बराबर पाइरहेका छन् विकसित मुलुकका महिलाले । त्यसैले अब नेपाली महिलाले पनि आफुले गर्ने कामको महत्व बुझेर त्यसलाई व्यवसायी रुपमा अगाडि बढाउन आवश्यक छ । आफू र आफूले गर्ने कामलाई कम आँकलन गरी अरुको भरमा जिउन थालेपछि न त कहिल्यै स्वतन्त्र भइन्छ न त आफ्नो जिवन जिउन पाइन्छ । आर्थिक सक्षमता महिला स्वतन्त्रताको बलियो आधार हो जो हामीले हरेक दिन गर्ने दैनिक कामबाट आर्जन गर्न सकिन्छ । यस कुरालाई महिला स्वयंमले बुझेर व्यावसायिक बन्नु आवश्यक छ ।
साथै हाम्रो समाजका मानिसहरुले हाउस वाइफको महत्व बुझ्न जरुरी छ । घरायसी काम मूल्यहिन होईन बरु यसले त सफल जीवनको आधार निर्माण गर्छ भन्ने हामी सबैले बुझ्न आवश्यक छ । हाउस वाइफले घर, व्यवहार मिलाउने ठूलो भूमिका खेलेकी हुन्छिन् । जो सुखि र खुशी जिवनको आधारभुत कडी हो त्यो एक जिम्मेवार हाउस वाइफ विना सम्भव हुदैन ।

त्यसकारण अव, महिलालाई ज्इग्क्भ् ध्क्ष्ँभ् हैन ज्इग्क्भ् ध्इच्प्भ्च् या ज्इग्क्भ् प्भ्भ्एभ्च् भन्ने अभियान चलाउनु जरुरी छ । अझै नेपाली समाजमा त यस्तो संस्कार छ की घर, समाज, सन्तान, संस्कारको बन्धन त महिलाका लागी नै बनाइएको हुन् ।
यदि, महिला घर बाहिरको दुनियाँसगै आबद्ध छ भने उसलाई दाहोरो जिम्मेवारी कजाँउने काम यो पितृसत्तात्मक समाजले गरेको छ । दिनभरी अफिसको काम गरेर थाकेकी महिलाले घरमा पुगेपछि घरायसी काम समेत समाल्नु पर्छ तर पुरुष बाहिरबाट काम गरेर आए पश्चात हरेक आवश्यकता उसको मुख अघि पु¥याउन पर्ने संस्कार नेपाली समाजमा अझै कायम छ । यसरी बाहिरी काममा जाने महिलाहरु समेत विभेदको शिकार बनिरहेका छन् ।
यसरी समाज, संस्कार र व्यवहारका नाममा महिलाले आफुलाई पेशागत हिसावले कमजोर कहिलेसम्म राख्ने ? लाखौँ महिलाहरुको घरभित्र गर्ने काम वापतको श्रमको सम्मान दिने प्रवृतिको विकास समाजले कहिले गर्ने ?
अब समाजमा महिलाको घरायसी श्रमको महत्व स्थापित गराउँन सुष्म अध्ययन र गहन विश्लेषण गर्दै सबै एक जुट हुनु आवश्यक छ । महिलाले पनि आफुले आफुलाई बुझ्ने र आफ्नो कामको सहि मूल्याङकन स्वयंमले गर्नु पर्छ । योसँगै समाजमा आफ्नो महत्व स्थापित गर्न संगठित संघर्षलाई जारी राख्नु पनि आजको आवश्यकता देखिन्छ ।

भर्खरै