आज १४९७ जनामा कोरोना पुष्टि, कस्तो छ संक्रमितको अवस्था ?

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १४ सय ९७ जनामा कोरोना पुष्टि भएको छ।

यो सहित नेपालमा कुल संक्रमितको ६९ हजार ३०१ पुगेको छ।

हाल मुलुकभर सक्रिय संक्रमितको संख्या १८ हजार ४३७ छ। जसमध्ये संस्थागत आइसोलेसनमा ८ हजार ६१४ जना रहेका छन् भने होम आइसोलेसनमा ९८२३ जना रहेका छन्।

आज ११ हजार ४४९ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ। यो सहित नेपालमा कुल ९ लाख ५५ हजार ९२३ जनाको पीसीआर परीक्षण गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा ६ हजार ५६५ जना विभिन्न क्वारेन्टिनमा रहेका छन्।

हालसम्म नेपालमा कोरोना मुक्त भएर ५० हजार ४११ जना डिस्चार्ज भइसकेका छन्।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट १७ जनाको मृत्यु भएको छ। यो सहित नेपाल कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४५३ पुगेको छ।