५० हजारले जिते कोरोना

काठमाडौँ । कोरोना भाइरस संक्रमण भएर संक्रमणमुक्त हुनेको संख्या ५० हजार नाघेको छ।

आज बिहीबार अपरान्हसम्मको तथ्यांकअनुसार संक्रमितको कुल संख्या ६९ हजार ३०१ पुगेको छ। यीमध्ये ५० हजार ४११ जना संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन्। कुल संक्रमितमा यो संख्या ७२।७ प्रतिशत हो।

आजको दिनमा देशभर सक्रिय संक्रमित १८ हजार ४३७ जना छन्। यीमध्ये संस्थागत आइसोलसनमा ८ हजार ६१४ जना र होम आइसोलेसनमा ९ हजार ८२३ जना छन्।

पछिल्लो २४ घण्टामा १४ सय ९७ जना संक्रमित थपिएका छन् भने ४५७ जनामात्र संक्रमणमुक्त भएका छन्। त्यसैगरी १७ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ४५३ पुगेको छ।

ताजा अपडेट