महानगरका ४ नगरप्रहरीलाई कोरोना, व्यारेक भित्र नगरप्रहरी वन्दी जीवन बिताउँदै

काठमाडौं महानगरपालिकाका ४ जनालाई नगरप्रहरीलाई कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि भएका नगरप्रहरीहरुलाई क्वारेण्टिनका लागि किर्तिपुरमा राखिएको छ । महानगरपालिकाको नगरप्रहरीहरुलाई नेपाल प्रहरी, नेपाली सेना जस्तै गरी टेकुको व्यारेकमा राखिने गरिएको छ । शक्ति राजनीतिक पावर भएका व्यक्तिहरु व्यारेक बस्नु पर्दैन भने सोझा नगरप्रहरीहरु भने कोरोना संक्रमणका बाबजुत पनि व्यारेक नै बस्न वाध्य भएका छन् ।

कोरोनाको कहरमा महानगरपालिकाका नगरप्रहरी बाहेक माथिल्ला हवल्दार, असई कोही पनि व्यारेक बस्ने गरेको भने देखिँदैन । नगर प्रहरीको डिएसपी राजु पाण्डेको रवैयाका कारण नगरप्रहरीहरु मारमा परिरहेका छन् । कोरोनाका वीच नगरबासीहरुलाई सुरक्षित गराउन खटिएकन महानगरप्रहरीहरु यतिखेर रुनु न हाँस्नु गरी वस्न वाध्य भएका छन् । आफू भन्दा तल्ला दर्जाका नगर प्रहरीलाई जर्वजस्ती व्यारेकमा थुनेर आफ्ना मान्छेहरुलाई भने घरमा बस्ने व्यवस्था राजु पाण्डेले मिलाएको आरोप लागेको छ ।

कोरोनामा खटिएका नगरप्रहरीलाई भत्ता लोभ देखाएर काम लगाएको भएपनि अहिलेसम्म भत्ता पाउन नसकेको नगरप्रहरीहरुको गुनासो छ । नगरप्रहरीहरु व्यारेकमा बस्नु पर्ने भए तिनका नाईकेहरु व्यारेक बस्नु पर्ने कि नपर्ने भन्ने प्रश्न उव्जिएको छ । काठमाडौं महानगरपालिकाले सामाजिक दुरी कायम गर्न भन्दै करोडौं खर्च गरेर प्रचार प्रसार गरेपनि आफ्नै सुरक्षका लागि गठन गरेको नगरप्रहरीहरुलाई भने जोखिमयुक्त काममा लगाईरहेको नगर प्रहरीहरुको आरोप छ ।

अझ अहिले लकडाउन खुकुलो भएसँग बजारमा व्यवस्थापनका लागि खटिनु पर्ने नगरप्रहरीहरुलाई कोरोनबाट सुरक्षित काम गर्ने वातावरण बनाउनु पर्नेमा अझ उल्टो व्यारेकमा वन्दी जस्तै वस्न वाध्य पारिएको छ । व्यारेकमा नै बस्नु पर्ने हो भने नगरप्रहरी मात्र होइन, हवल्दार, असईदेखि स्वयं नगर डिएसपी राजु पाण्डे पनि व्यारेकमा नै बस्नु पर्ने होइन भन्ने प्रश्न उब्जन थालेको छ ।