केपी ओलीको आर्शिवाद विश्वकर्मालाई, १२ देश हेर्ने गरी राजदूत सिफारिस

काठमाडौं । नमिच्चने पिंगको सय झट्का भन्ने उखान टुक्का हान्दै आईरहेका प्रधानमन्त्री केपी शर्माले नेकपालाई नै झट्का हान्दिएका छन् । आज बसेको मन्त्रीपरिषद्को वैठकमा एउटै व्यक्तिलाई १२ देश हेर्ने गरी राजदूतका लागि सिफारिस गरिदिएर उनले सहकर्मी अध्यक्ष प्रचण्डलाई समेत झट्का दिएर १२ देशको राजदूत बन्न पाउने भाग्य कपिलबस्तुका डा निर्मलकुमार विश्वकर्मा ओलीको आर्शिवाद राम्रै पाएका छन् ।

बिहिबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले ओलीको आर्शिवाद पाएका विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि आवासीय राजदूत एवम् बोत्स्वाना, केन्या, ल्यसुथु, कंगो, तान्जानिया, जाम्बिया, जिम्वावे, ग्यावोन, मोजाम्विक, मौरिसस र सिसेल्सका लागि गैरआवासीय राजदूत नियुक्तिका लागि सिफारिस गरिएको सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका छन् ।

पार्टीसँग कुनै समन्वय नगरी राजदूत नियुक्त गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुले असन्तुष्टि जनाएका छन् । यसरी असन्तुष्टि व्यक्त गरेपनि पूर्व माओवादीहरुले ओलीको कपाल समेत हल्लाउन सक्ने अवस्था भने छैन ।