बौद्ध इन्टरनेशनल अभिभावहरुले लुट मच्चाउन थालेपछि अभिभावक उत्रिए तोडफोडमा

काठमाडौं । कोभिड १९ कोरोना संक्रमण पछि सरकारले गरेको लकडाउनका कारण चालु आर्थिक वर्षको शैक्षिक सत्रमा परेको प्रभावलाई न्यूनिकरण गर्नका लागि निजी विद्यालयहरुले अनलाईन कक्षा मार्फत विद्यार्थीहरुलाई शिक्षण गराउन काम शुरु गरे ।

तर विद्यार्थीहरुलाई शिक्षणको नाममा अभिभावक माथि लुट मच्चाईरहँदा पनि सरकारी निकाय तथा विद्यार्थी संगठतहरु तै चुप मै चुप भएका छन् । विद्यार्थीहरुले स्कूलमा पढ्न नपाएपछि अनलाईन शिक्षा दिएका निजी विद्यालयले न्यूनतम शुल्क माग गरेमा अभिभावकहरुले नकार्न सकेका छैनन ।
सरकारले अनलाईन कक्षा सञ्चालन गरे पछि शुल्क नलिन विद्यालयलाई आग्रह समेत गरिरहेको छ । तैपनि अभिभावकहरुले अनलाइन मार्फत भए पछि आफ्ना बालबालिकालाई पढाएको भन्दै शुल्क भने तिरिरहेका छन् ।

यति हुँदा हुँदै पनि जोरपाटी स्थित बौद्ध इन्टरनेशनल स्कूलले भने विद्यार्थीहरुसँग अनलाइन शुल्क मात्र नभएर बार्षिक शुल्क, स्टेशनरी शुल्क लगायतकाा शुल्क मागेपछि अभिभावकहरुले स्कूले आयोजना गरेको अभिभावकसँगको वैठकमा तोडफोड गरेका छन् ।

अनलाइन कक्षा सञ्चालन गरेको सो विद्यालयले पूरा शुल्क नतिरेको भन्दै केही विद्यार्थीहरुलाई अनलाइन (जुम) कक्षाबाट नाम हटाईदिएपछि अभिभावकहरु आक्रोशित बनेका हुन् । विद्यालयले साना बालबालिका बाल मष्तिस्कमा नै असर पर्ने गरी कक्षाबाट हटाएको भन्दै तोडफोड गरेका हुन् । उनीहरुले कुर्सी, साउण्ड वक्स तोडफोड गरेका थिए । यस विषयमा स्कूल व्यवस्थापनसँग सम्पर्क गर्दा उनीहरु सम्पर्कमा आउन चाहेनन् ।

ताजा अपडेट