१६ लाख घुस सहित भेरी अस्पतालका कम्प्यूटर अपरेटर अरुण खनाल सहितका कर्मचारी अख्तियारको नियन्त्रण

काठमाडौं । भेरी अस्पताल, नेपालगञ्जमा कार्यरत कम्प्यूटर अपरेटर अरुण राज खनाल १६ लाख १३ हजार ९ सय ७५ घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन् । खनालले विभिन्न सप्लायर्स फर्महरुसँग कमिशन लिएको सूचनाका आधारमा अस्पताल खटिएको अख्तियार टोलीले खनाललाई श्रोत नखुलेको नगरद रकम सहित कार्यकक्षबाट नै नियन्त्रणमा लिएको छ ।
अख्तियारको अनुसन्धानका क्रममा भेरी अस्पताल, नेपालगंजका लेखा अधिकृत माधव प्रसाद आचार्य, कम्प्युटर अप्रेटर अरूणराज खनाल, लेखापाल ईन्द्र बहादुर खत्री र सहलेखापाल प्रेम बहादुर खत्रीसमेतको योजना र मिलेमतोमा भेरी अस्पताल, नेपालगंजमा आर्थिक बर्ष ०७६÷०७७ को लागि सेवा प्रदायक फर्म तथा पसलहरूबाट जम्मा १९ लाख १३ हजार सत्तरी रुपया नगर र जिन्सी कमिशन लिएको पुष्टि भएको छ । उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) तथा दफा ६ बमोजिमको कसुर गरेको सप्रमाण पुष्टि भएकोले सोही रकम बराबरको विगो सहित आज विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता तारानाथ अधिकारीले जनाकारी दिए ।

भर्खरै