नेपाल टेलिकमका स्टोर किपरले गरे ८६ लाख हिनामिना अख्तियारद्धारा भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । नेपाल टेलिकम केन्द्रीय स्टोर थानकोटमा कार्यरत वरिष्ट सहायक रामचन्द्र लामिछानेलाई ८६ लाख हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

आयोगले लामिछानेलाई नेपाल टेलिकम, वायरलाइन तथा ग्राहक सेवा निर्देशनालय, छाउनीबाट गरिएको Scrap Dismantle Battery लिलाम कार्यमा अनियमितता गरिएको आरोप लगाएको छ ।


रामचन्द्र लामिछानेले नेपाल टेलिकमको बोलपत्र अन्तर्गत Scrap Dismantle Battery  को लिलामी समाप्त भएपश्चात नेपाल टेलिकमका बिभिन्न कार्यालयहरुबाट थानकोट स्टोरमा भण्डार गरी राखेको सार्वजनिक संस्थाको सम्पत्ति ९७९ थान Dismantle Batteryको करीव ८६ लाख अठासी हजार एक सय बत्तीस रुपैयाँ एकानब्बे पैसा हिनामिना, हानिनोक्सानी गरी निजले भ्रष्टाचार गरेको भन्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुर गरेको निर्बिवाद पुष्टि हुन आएकोले निजले आफूलाई गैरकानूनी लाभ पुर्‍याउने र नेपाल टेलिकमलाई हानिनोक्सानी पुर्‍याउने कार्य गरेको पुष्टि भएको भन्दै विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको अख्तियार प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

ताजा अपडेट