१२ हजार घुस सहित बन रक्षक प्रेमचन्द्र अख्तियारको नियन्त्रणमा

काठमाडौं । १२ हजार घुस सहित सव डिभिजन वन कार्यालय रुपन्देही मुर्गियका बन रक्षक प्रेमचन्दै विश्वकर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । विश्वकर्माले पुर्जीवाला चिरान काठ ओसारपसार गर्न सहयोग गरेबापत सेवाग्राहीसँग घुस लिईसकेको अवस्थामा रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ६ कलौनी चोकबाट रंगेहात नियन्त्रणमा लिई अनुसन्धान भईरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।