टोखा मालपोतका कर्मचारी टोपलालको अकुत सम्पत्ति, बालाजुमा करोडौंको घर काठमाडौंमा जग्गैजग्गा

काठमाडौं । मालपोत कार्यालय घुस अखडाका रुपमा परिचित हुने गरेको अहिले देखि होइन । यस अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नियुक्त हुने वित्तिकै नवीन घिमिरेले भनेका थिए ।

मालपोतका भ्रष्ट कर्मचारीलाई कार्वाही गर्ने हो भने मालपोत कार्यालयमा कर्मचारी नै रित्तन्छन् । घिमिरेले भ्रष्टहरुलाई कार्वाही गर्दै नगरी भूरा माछाहरुलाई जाल हाल्दै आफ्नो कार्यकालय सकाएर घर फर्केका छन् ।

तर उनले भनेको मालपोत कार्यालयहरु मध्येको काठमाडौंको टोखा मालपोत कार्यालय रजिष्ट्रेसन फाँटका टोपलाल अर्याल भने घुस खाएको रकमले काठमाडौंमा करोडौ मूल्यका घर जोड्न मस्त छन् ।

स्याङजा घर भएका टोकराज अर्याल भने भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालको नाम जोडेर अकुत सम्पत्ति कमाउन सफल भएका छन् । उनी ४ वर्ष अघिदेखि टोखा मालपोतको रजिष्ट्रेसन फाँटमा रहेका छन् । उनीले सो मालपोतमा नै काम गरेर अकुत सम्पत्ति कमाएको स्रोतले बताएको छ ।

उनले केही दिन अघिमात्रै साविक साङला गाविसको जग्गा कित्ताकाट गरेर १ करोड ४० लाख रुपियाँ हात पारेका थिए । त्यो रकम उनले सबैलाई बाँडेर आफुले पनि केही राखेका छन् ।
असोज महिनामा मात्रै टोखा मालपोतले जग्गाको कित्ताकाट गरेर नै १० कारोडभन्दा धेरै घुस लिएको स्रोतले बताएको छ ।अर्यालले स्मार्ट सिटी भित्रको जग्गा मजाले कित्ताकाट गरिरहेका छन् ।

स्रोतका अनुसार टोखा मालपोतको रजिष्ट्रेसन फाँट भनेको काठमाडौं उपत्यकाको मालपोत मध्येको सबैभन्दा धेरै घुस खान पाउने र आकर्षक मलपोत हो ।

निर्माणधिन स्मार्ट सिटी भित्रको कित्ताकाट गर्न नमिल्ने जग्गा अर्यालले मज्जाले कित्ताकाट गरिरहका छन् ।

उनले केही थोरै पैसा माथिल्लो तहसम्म पुर्याउने गरेको स्रोतले बताएको छ । कित्ताकाटका विषयमा टोपलालसँग कुरागर्दा उनले कार्यालय प्रमुखले गर्ने हो भन्दै कुराकानी गर्न चाहेनन् । बरु कार्यालयमा नै आएर बुझ्नुस् भन्दै पन्छिए ।

ताजा अपडेट