दश लाख घुस लिँदा लिँदै प्राधिकरणका इन्जिनियर अख्तियारको नियन्त्रणमा

काठमाडौं । सेवाग्राहीसँग १० लाख घुस लिँदा लिँदै नेपाल विद्युत प्राधिकरणका इन्जिनियर इश्वरीप्रसाद जैसवाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

जैसवालले हेटौडा–भरतपुर– बर्दघाट २२० केभी प्रशारण लाईन अयोजना क्षेत्रभित्र पर्ने रुखहरु कटान गरी ढुवानी तथा घाटगदी कार्य सम्पन्न पश्चात भुक्तानी लिने समयमा घुस सहित जैसवाललाई अख्तियारले नियन्त्रणमा लिएको हो ।

अख्तियारले आफ्नो पद, ओहदा र अधिकारको दुरूपयोग गरी भ्रष्टाचार गर्ने बदनियतपूर्ण मनसाय राखी सेवाग्राहीसँग घुस लिएको भन्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको स–प्रमाण पुष्टि भएको भन्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता तारानथ अधिकारीले जानकारी दिएका छन् ।