वाग्मती तथा लालबकैया नदी नियन्त्रण आयोजनाका प्रमुख राजकुमार श्रीवास्तवसहित ५ जना विरुद्ध ९६ लाख भ्रष्टाचारको आरोप

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागमती तथा लालबकैया नदी नियन्त्तण आयोजनाका प्रमुख राजकुमार श्रीवास्तव सहित ५ जना विरुद्ध ९६ लाख ६४ हजार २ सय ९६ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

अख्तियारले लालबकैया नदी नियन्त्रण आयोजनाको ठेक्का समयमा सम्पन्न गर्न नसकी भुक्तानी दिएको उजुरी परेपछि अनुसन्धानका क्रममा वाग्मती तथा लालबकैया नदी नियन्त्रण आयोजना, परमानीपुर बाराका आयोजना प्रमुख राजकुमार श्रीवास्तवले क्तगम निर्माणमा प्रयोग भएको ग्यावियन तारको गुणस्तर परीक्षण गरी प्रयोग गर्नुपर्नेमा परीक्षण नै नगरी प्रयोग भएको ग्यावियन तारलाई स्वीकृत स्पेशिफिकेशन बमोजिम गुणस्तरयुक्त भएको हो भनी अन्तिम बिल र कार्यसम्पन्न प्रतिवेदन प्रमाणित गरी भुक्तानी गराएको र इन्जिनियर पाण्डव प्रसाद देवले Stud निर्माणमा प्रयोग भएको गुणस्तरहीन ग्यावियन तारलाई स्वीकृत स्पेशिफिकेशन बमोजिम गुणस्तरयुक्त भएको भनी अन्तिम बील र कार्यसम्पन्न प्रतिवेदन तयार गरी भुक्तानीको लागि सिफारिस गरी नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याएको आरोप सहित विशेष अदालतमा मुद्धा दायर गरेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिएका छन् ।