आँगन मिठाइ कमल पोखरीका सञ्चालकलाई किन पक्रियो प्रहरीले ?

काठमाडौं । गृह मन्त्रालयले मंगलबार ९ जना प्रहरी अफिसरहरुलाई डिआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । बढुवा सिफारिसमा डा देवबहादुर बोहोराको नाम पनि चौथो नम्बरमा परेको थियो। बढुवा सिफारिसमा परेको खुसी थाम्न नसकी साथी भाइलाई मिठाइ खुवाउने उद्देश्यले उनले कमलपोखरी स्थित आँगन स्वीट्समा गएर मिठाइ किने तर, एउटा मिठाइमा भुलबश नङ परेछ  ।

मिठाइमा मान्छेको नङ फेला परेपछि उनले तुरन्तै काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहलाई फोन गरे गरे । सिंहले पनि तत्कालै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसमेतको सहकार्यमा मिठाइ पसलमा छापा हान्न आदेश दिए। मिठाइ पसल सञ्चालक प्रकाश डोटेललाई पक्राउ गरियो र प्रहरीले केरकार गरिरहेको छ ।

पैसाको कारोबार मिलेपछि डोटेललाई छाडिने प्रहरीको एक विश्वसनीय स्रोतले जनाएको छ । हिसाब किताब नमिल्दा रिसानी खुसानीमा व्यापारी पक्रनु नौलो कुरा नभएको पनि स्रोतको दाबी छ । बोहोराले बढुवा भएको खुसीमा आफ्नो हाकिमको झोली भरिदिने मेलो पनि हुन सक्ने प्रहरीकै अर्को स्रोत बताउँछ ।

ताजा अपडेट