डन दुर्गा बहादुर बुढाथोकी उर्फ सोले प्रहरी नियन्त्रणमा

काठमाडौं। बाह्र वर्षपछि खोलो पनि फर्कन्छ भने जस्तो ठ्रयाक्कै बाह्र वर्षपछि काठमाडौंका व्यापारी बाबुराज रावल अपहरण गर्न संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरोको एक टीमले सर्लाहीका ३८ वर्षीय दुर्गाकुमार बुढाथोकी उर्फ सोलेलाई नियन्त्रणमा लिएको छ ।

उनले केहि दशक समय अघिदेखि भारतको दार्जिलिङमा बसेर नेपालभित्र आपराधिक गतिविधि सञ्चालन गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

उनले भारतमै बसेर नेपालमा अपहरण लगायत घटना घटाउने गरेको पाइएको छ। सोलेको समूहले अहिलेसम्म नेपालमा करिब अठार वटा जति अपहरणका घटना घटाएको देखिएको छ। थप अनुसन्धान भने भइरहेको छ ।

पैसठ्ठी साल पुसमा भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराज रावललाई पाँच दिनसम्म नियन्त्रणमा लिएर अपहरणकरीले १ करोड ५० लाख रुपैयाँ फिरौती रकम लिएर छाडेको थियो।
सोही अपहरणको अनुसन्धानको क्रममा भारतीय अन्डरवर्ल्ड समूहका एक सदस्यको समेत संलग्नता खुलेपछि नियन्त्रणमा लिइएको हो ।

प्रहरीबाट बच्न बुढाथोकीले नाम समेत पटक पटक परिवर्तन गरिएको देखिन्छ । हाल उनले प्रकास स्टोरको नाममा दार्जिलिङमा कपडा पसल संचालन गर्दै आएका थिए ।
पहिले पनि पटक पटक जेलबाट भाग्ने तथा जेलभित्रैबाट समेत विभिन्न आपराधिक क्रियाकलाप समेत गर्ने गरेको बुढाथोकीको इतिहास छ ।

ताजा अपडेट