के हो जलौकावचारण उपचार पद्धति ?

काठमाडौँ ।व्यास नगरपालिका केन्द्रका प्रमुख डा रामप्रवोध मण्डलले जुकाको चुसाई माध्यमबाट विभिन्न रोगको उपचार गर्दै आएका छन् । यस्तो उपचार पद्धतिलाई आजकल लिची पद्धति भनिन्छ । प्रचीनकालमा आयुर्वेदमा यसलाई जलौकावचारण भनिन्थ्यो । जलौका (जुका ) अवचारण चुसाउनु यो शब्द मिली जलौकाबचारण बनेको हो । तनहुँमा यो पद्धतिले मण्डलले युरिक एसिड, टाउँकाको रौ झरेका, अनुहारमा डण्डीफोर आएका,पुराना दाद जुकालाई चुसाएर उपचार गर्दै आएका छन् ।पायल्स लगायतका रोगका बिरामीको जुकालाई चुसाएर उपचार गर्दै आएका छन् । नेपालबाहिर पनि यस्तो पद्धतिको प्रयोग विभिन्न देशमा गरिएको पाइन्छ ।

घाउ बनाउने र घाउ विषेक गर्ने गरी जुका दुई किसिमका हुन्छन् । पूल फूल्ने मौसममा फूलबारीमा पाइने जुकाहरु विशेष गरी उपचारमा महत्वपूर्ण रहन्छन् । जुकाको थुकमा विभिन्न इन्जाइमहरु रहने हुँदा त्यसको जानकारी पनि हुनुपर्ने मण्डलले जानकारी दिएका छन् । मण्डलले यो विधिले धेरै बिरामीको उपचार सफल भइसकेको बताएका छन् ।

ताजा अपडेट