अमेरिकी सिरियल किलर सेम्युलको मृत्यु

काठमाडौं ।सन् १९७० देखि २००५ सम्मका सिरियल किलर सेम्युल लिटलको बिहीबार कारावासमा मृत्यु भएको हो ।यनी अमेरिकी इतिहासमा अहिलेसम्मकै सबैभन्दा बढी हत्यामा संलग्न ब्यक्ति हुन् । आवीवन कारावासको सजाय पाएका लिटल हाल असी वर्ष भएका थिए ।सुरुमा तीन जना महिलाको हत्या पुष्टि भएर आजीवन कारावासको सजाय पाएका उनले अरु नब्बेभन्दा बढी महिलाको हत्यामा आफू संलग्न रहेको बताएका थिए । उनले कमजोर महिलाहरुलाई आफ्नो सिकार बनाउने गरेको जनाएका थिए । उनी पेशाले बक्सर थिए ।
केनटकीबाट २०१२मा उनलाई गिरफ्तार गरिएको थियो । तीन ओटा हत्या पुष्टिमा उनलाई आजीवन कारावासको सजाय सुनाइएको थियो ।

ताजा अपडेट