नीलो माइक्रो अब सँधैका लागि बन्द

काठमाडौं । आजदेखि काठमाडौं उपत्यकामा नीलो माइक्रो अब सदाको लागि नचल्ने भएको छ । सन् २००० मा २० वर्षको सम्झौता अनुसार किनिएका माइक्रोहरु अब उपत्यकाका लागि पुराना भएका हुन् ।यी माइक्रोहरु निकै साना आकारका भएकाले भिड बढाउने र सडक सफा नहुने कारण देखाएर सरकारले यसलाई नयाँ रुट पर्मिट दिएको छैन । ग्याँसबाट चल्ने यी माइक्रोहरुलाई विद्युतीय बसको रुपमा चलाउन दिन व्यवसायीहरुले माग गरे पनि सरकार साना सवारी साधनलाई बिस्तारै प्रतिस्थापन गर्दै जाने सोचमा छ ।

जोरपाटी , कपन ,कलंकी गुर्जुधारा लगायत क्षेत्रबाट रत्नपार्कलाई केन्द्रबिन्दु बनाई चल्ने गरेका यी सवारी साधनको विकल्प के हुने भन्ने बारे सरकारलाई मतलब छैन । सवारी साधन नचल्दा यसबाट रोजगारी पाई रहेका मजदुरवर्गको गुजारा कसरी चल्ला त्यसको तयारी पनि सरकारसँग छैन । सरकार त आफूहरुले वर्षैपिच्छे नयाँ मोटर चढ्ने भएपछि जनताले पनि नयाँ मोटर चढ्नुपर्छ भन्ने लिँडेढिपीबाट ग्रसित छ । यी सवारी साधनबाट गुजारा गर्नेहरुको विकल्प कस्ले सोचिदिने ?