गहना लुट्न वृद्धाको हत्या

काठमाडौं । कञ्चनपुरमा लुटेराहरुले एकजना वृद्धाको शरीरमा लाइएको गहना लुट्ने उद्देश्यले एक बुद्धाको हत्या गरेको खुलेको छ।पुनर्वास नगरपालिकाकी एक वृद्धाको उनन्चास वर्षीय दलबहादुर बिकले सो घटना घटाएका हुुन् । प्रहरीले दलबहादुर बिकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।बिक वृद्धालाई राति घरमा एक्लै बसेको अवस्थामा धारिलो हतियारले मुख घाँटी जस्ता संवेदनशील अंगमा प्रहार गरी शरीरमा लगाएका गहना लुटी फरार भएका थिए । यो घटना ११ गतेको भए पनि आज मात्र प्रहरीले हत्या पत्ता लगााएको हो । उनको घरबाट प्रहरीले वृद्धाको गहना र हत्या गर्न प्रयोग भएको हतियार बरामद गरेको छ। हाल दलबहादुर कञ्चनपुर हिरासतमा छन् ।

ताजा अपडेट