विमानस्थलमा पचास थान नपड्किएको गोली फेला पार्यो प्रहरीले

काठमाडौं । त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुर जाने तयारीमा रहेका बद्रीहाङ राईलाई नेपाल प्रहरीको विमानस्थल सुरक्षा बिटले पचास थान गोली सहित पक्राउ गरेको छ । प्रहरी स्रोतको अनुसार राई अवकास प्राप्त प्रहरीका छोरा हुन् । विमानस्थल प्रहरीले बद्रीको ज्याकेटबाट एएम पेस्तोलमा प्रयोगमा आउने पचास वटा नपड्किएको गोली फेला पारेको हो । हाल उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । के प्रयोजनले यति धेरै गोली विमानस्थलको बाटोबाट झापा लैजान खोजिएको हो त्यो पत्ता लगाउन प्रहरीको चुनौति रहने एक प्रहरीले बताए ।