पेलेको कीर्तिमान तोडे रोनाल्डोले

क्रिस्टियानो रोनाल्डोले विश्व फुटबलका ब्राजिलियन हस्ती पेलेको आधिकारिक गोलको कीर्तिमानलाई तोडेका छन् ।आइतबार सिरी ए मा उडिनेसविरुद्ध युभेन्ट्सले ४–१ को सानदार जित निकालेको खेलमा रोनाल्डोले २ गोल गर्दै पेलेको कीर्तिमानलाई तोडेका हुन् । पेलेले व्यवसायिक खेल जीवनमा ७ सय ५७ आधिकारिक गोल गरेको तथ्याङ्क छ । पेलेले सन् १९५६ देखि १९७७ बीचको दौरानमा सान्तोस, न्युयोर्क कसमस र ब्राजिलबाट गोल गरेका थिए । रोनाल्डोले राष्ट्रिय टोली र क्लबबाट खेल्दै ७ सय ५८ गोल गरेका छन् ।

यस्तै रोनाल्डो क्लब र राष्ट्रबाट सर्वाधिक गोल गर्नेको सुचीमा दोस्रो स्थानमा उक्लिएका छन् । रोनाल्डोभन्दा अघि जोसेफ बिकान अघि रहेका छन् । उनको नाममा ७ सय ५९ गोल छ । बिकानको कीर्तिमानलाई रोनाल्डोले अर्को साता तोड्ने सम्भावना छ । युभेन्टसले अर्को साता एसी मिलानसँग प्रतिस्पर्धा गर्दैछ ।रोनाल्डोले क्लबबाट ६ सय ५६ गोल गरेका छन् । जसमा रियल म्याड्रिडबाट ४ सय ५० गोल गरेका छन् । पोर्चुगलबाट १ सय २ गोल गरेका छन् । यो गोलको आधारमा रोनाल्डो १८ सिजनमा एक सिजनमा प्रति सिजन ४२ गोलको औसत छ ।

अर्जेन्टिनी तथा बार्सिलोनाका कप्तान लिओनल मेस्सीले अहिले सम्म ७ सय ४२ गोल गरेका हन् । केहि दिन अघि नै मेस्सीले पेलेको एकै खेल क्लबबाट गरेको गोलको कीर्तिमानलाई तोडेका थिए । यद्दपी सान्तोसले उक्त कीर्तिमान गलत रहेको बताएको थियो ।