धनगढीमा बयलगाढा प्रदर्शन

धनगढी । धनगढीमा माधव निकट विद्यार्थी समूह वयलगाडा प्रदर्शन गरी प्रधानमन्त्रीको व्यंग्य गरेका छन् । उनीहरुले प्रधानमन्त्री ओलीले जनआन्दोलन २ मा गणतन्त्र आउनु भनेको बयलगाडामा अमेरिका पुग्नु जस्तै हो भनेर दिएको अभिव्यक्तिलाई व्यंग्य गरेका हुन् । नेपाल समूह निकटको अनेरास्ववियु कैलालीले धनगढी बजारको मुख्यमार्ग क्याम्पस रोडदेखि पार्कचोकसम्म बयलगाडा र्‍याली निकालेर ओलीकोकदमको विरोध गरेका हुन् । कोणसभामा विद्यार्थी नेताहरुले प्रधानमन्त्री ओलीले गणतन्त्र ल्याउँदै गर्दा गणतन्त्र आउनु भनेको बयलगाडामा अमेरिका पुग्न जस्तै हो भनेकोले यस्तो प्रदर्शन गरी गण्तन्त्रवादीहरुलाई जानकारी दिनु परेको बताएका थिए ।

ओलीको कदमलाई लिएर देशैभर विभिन्न रुपमा प्रदर्शन गरिँदै आएको छ । सो कार्यक्रममा नेताहरुले संसद पुनस्थापना भएरै छाड्नेमा विश्वास रहेको बताएका थिए ।

ताजा अपडेट