पृथ्वी जयन्तीमा सिंहदरबार अगाडि खुकुरी र तरवार तेर्साएपछि …

काठमाडौं । सिंहदरबार वरिपरिको क्षेत्रलाई निषेधित क्षेत्रका रुपमा लिने गरिन्छ । सो क्षेत्रमा सभा सम्मेलन वा कुनै पनि धर्ना गर्न निषेध छ । तर, हरेक वर्ष पुस २७ गते अर्थात पृथ्वी जयन्तीका दिन सरकारले निषेधित क्षेत्रका रुपमा राखेको सिंहदरबारको पश्चिम गेट अगाडि निकै नै ठूलो भिड लाग्ने गर्दछ ।

त्यो भीड राष्ट्रिय एकताका प्रतिकका रुपमा चिनिएका पृथ्वी नारायण शाहको सालिकमा पृथ्वी जयन्ती मनाउन पुग्नेहरुको भीड हो ।
विगतका वर्षहरुमा सरकारले पृथ्वी जयन्तीका दिन सो स्थानसम्म बाजा गाजा र झाँकी सहित पुग्ने नागरिकहरुलाई सहज रुपमा सालिकसम्म पुगेर पुष्प गुच्छा अर्पण गर्न दिएको भएपनि यस वर्ष भने भद्रकालीबाट नै भीड नियन्त्रण गर्न खोजेको थियो ।

दुई वर्ष अघि पुस २७ गतेकै दिन राष्ट्रपति विद्यादेवी भण्डारी समेत सिंहदरबार पुगेर पृथ्वीनारायण शाहको सालिकमा माल्र्यापण गरेकी थिईन् । तर यो वर्ष भने सरकारले के देखेर हो कुन्नी सर्वसाधारणलाई सो स्थानसम्म पुग्ने सहज वातावरण पनि बनाएन ।

पृथ्वी जयन्ती मनाउन सिंहदरबार सालिक पुग्न लागेका राप्रपाका नेता पशुपति शम्शेर राणा भीडमा प्रहरीकै घेरामा परेका थिए । भीड नियन्त्रण गर्न भन्दै प्रहरी र पृथ्वीजयन्ती मनाउन गएका व्यक्तिहरु वीच केही समय घम्साधम्सी नै परेको थियो । त्यही घम्साधम्सीमा राणा पनि परे ।

सिंहदरबार क्षेत्रमा निकै नै भीड लागेपछि प्रहरी व्यापक तैनाथ गरिएको देखिन्थ्यो । अहिले सरकार विरुद्ध सत्ता पक्षहरुले नै प्रर्दशन गरिरहेका बेला कतै भीड सिंहदरबार भित्रै प्रवेश गर्ने हो कि भन्ने शंका प्रहरीले गरिरहेका थियो । त्यही कारण पनि भद्रकालीबाट नै नागरिकहरुलाई सालिकसम्म जानका लागि प्रहरीले अवरोध गरेको पनि देखिन्थ्यो ।

अझ रोचक दृश्य त सिंहदरबार अगाडि रहेको पृथ्वी नारायण शाहको सालिकमा एक जना व्यक्ति खुकुरी र तरवार तर्साएर बसिरहेका देखिन्थे । सायद प्रहरीको नजरमा ती व्यक्ति परे वा परेनन् थाहा भएन यद्यपी खुकुरी र तरबार वोकेर ती व्यक्ति किन पुगे भन्ने कुरालाई रहस्यकै रुपमा लिइएको छ ।

ताजा अपडेट