कोरिया जान नपाएकाहरुको प्रदर्शन

काठमाडौं । कोरियन भाषा परीक्षा उत्तिर्ण गरेर कोरिया जान नपाएका पाँच हजार जना युवाहरुले आइतबार विरोध प्रदर्शन गरेका छन् । ग्वार्कोस्थित ईपीएस सेन्टर पुगेर उनीहरुले आक्रोश ब्यक्त गरेका हुन् । सो प्रदर्शनमा युटुबमा छाइरहने विद्यार्थी नेता हेमराज थापाको समेत उपस्थिति रहेको थियो ।

कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा विभिन्न मुलुकका लागि भीसा प्राप्त गरेका,श्रम स्वीकृति लिएका र हवाईजहाजको टिकट लिइसकेकाहरु लामो समयदेखि स्वदेशमै रोकिएका छन् । कोरियन भाषा पास गर्नु कोरियामा रोजगारीको ग्यारेन्टी हुनु होइन भनी परीक्षाको प्रवेशपत्रमा लेखिएको हुन्छ , तर नेपालमा वर्षेनी कोरियन भाषा पास गरी कोरिया जान नपाएकाहरुले ग्वार्कोमा प्रदर्शन गरिरहन्छन् ।