निर्वाचन आयुक्त दिनेशको गुण्डाराज

देशमा चुनाव हुने नहुने अझै निर्क्योल भइसकेको छैन तर निर्वाचन आयोग भने आयोगमा भएको बजेट कसरी झ्वाम पार्ने भन्ने दाउमा छ । देशैभरको स्थानीय निकायमा निर्वाचनको तयारीका लागि भन्दै कार्यकर्ता भर्ती गर्ने र अरबौं कुम्ल्याउने मेलोमा आयोगका प्रमुख दिनेस थपलिया लागेका छन् । थपलिया केपी ओलीका देब्रे हात हुन् ।

चुनाव होस् नहोस् त्यसको खासै मतलव छैन उनलाई । सरकारले चुनावको घोषणा गरिदियो बश सुरु भयो खेलो । निर्वाचन आयोगको बजेटमा अख्तियार नलाग्ने कारण त झन् थपलियाको गुण्डाराज थामिसक्नु छैन । अदालतमा संसद पुनस्थापना वा विघटन सदर भन्ने टुङ्गो नलागुन्जेल थपलियाा चुनावको तयारीमा नलाग्नु पर्ने हो तर जय गुरु घण्टाल भन्दै बजेट स्वाहा पार्ने रणनीतिमा उनको गोरखधन्दा मोलाएको छ ।

चुनाव हुने नहुने थाहा नै छैन तर थपलियाले चुनावको लागि भन्दै करोडौं रकम खर्च गरिसकेका छन् । चुनाव नभए त्यो रकम कार्यकर्ता पोस्ने काम बाहेक केहि हुने छैन । यस अघि उनी मन्त्रालयको सचिव हुँदा पनि कर्मचारीतन्त्रको माफियाका रुपमा चित्रित थिए । कागज मिलाएर रकम हसुर्ने विभिन्न तिकडम उनले मन्त्रालयमा हुँदै सिकेका थिए । अहिले ओलीले टाउकोमा हात राखिदिएर पुल्पुल्याएपछि थपलियाको गुण्डाराज थप मौलाएको छ ।

निर्वाचनको लागि निकासा गरिएको बजेटमा अख्तियारले सोधखोज र भ्रष्टाचारमा मुछ्न नपाउने नियमले त थपलियालाई थप सजिलो भएको छ । यस अघि मन्त्रालयमा माफियाका रुपमा परिचित दिनेसले आयोगमा आएपछि अनेक जालसाँझी गरी करोडौं कुम्ल्याएको कालोपाटी व्युरोले पत्ता लगाएको छ । पूर्वका सवै जसो निर्वाचन क्षेत्रमा चुनावको तयारी भन्दै ओली पक्षधर कार्यकर्तालाई आयोगले धमाधम पैसा बाँढेको समेत खुल्न आएको छ ।

ताजा अपडेट