शहिदका नाममा आएको रकम मिलेमतोमा झ्वाम

गोरखा । तात्कालीन नेकपा माओवादीको दशवर्षे जयनुद्धका क्रममा राज्यपक्षबाट मारिएका शहिदको नाममा स्थापना भएको स्मृति प्रतिष्ठान यतिखेर कमाइ खाने भाँडोमा रुपमा परिवर्तन भएको छ ।

जनताको मुक्तिका लागि लडेका शहिदहरुको सपनामाथि धावा वोल्दै तिनै शहिदका नाममा राज्य दिएको रकम केही व्यक्तिले आँखा गाढेपछि गोरखा जिल्लामा यतिखेर निकै चर्चा चल्न थालेको छ । गोरखाको पालुङ्गटारमा स्थापित एक जना शहिदको नामबाट स्थापना भएको स्मृति प्रतिष्ठानमा आर्थिक हिनामिना भएपछि प्रतिष्ठान नै विवाद आएको हो ।

गोरखा जिल्लामा महान् शहिदका रुपमा चिनिएका व्यक्तिको नाममा बनाएको स्मृति प्रतिष्ठानमा संघ सरकारदेखि प्रदेश सरकार र स्थानीय सरकारसम्मले आर्थिक सहयोग गरेको भएपनि सो सहयोग पारदर्शि नहुँदा पालुङ्गटार बासी तीन छक्क परेका छन् ।

सामाजिक संस्थामा आएको सरकारी रकम र केही समाजसेवीले दिएको जिन्सी र नगदमा पदाधिकारीहरुले गिद्दे नजर लगाएपछि शहिदको सपना चकनाचुर हुने देखिएको छ । श्रोतका अनुसार प्रतिष्ठानमा सरकारी निकाय र समाजेवीहरुले दिएको सहयोग रकम एवं सम्पत्ति करोडौ रहेको छ । त्यही करोडौं रुपैयाँ मिलेमतोमा झ्वाम पार्न खोजिएको आरोप लागेको छ ।