एटिएम चोर प्रहरीको फन्दामा ।

काठमाडौं । धरानको महेन्द्रपथस्थित एनआइसी एसिया बैंकको एटीएम फुटाउनेलाई प्रहरीले मंगलबार पक्राउ गरेको धरान प्रहरीले जनाएको छ ।

सुनसरीको कोशी गाउँपालिका–३ कोशीकटान जुद्धगञ्ज घर भई धरान–३ पुरानो बजारमा डेरा गरी बस्ने २३ वर्षीय सुभान मन्सुरी रहेका पनि प्रहरीले जानकारी दियो उनी आइतबार साँझ ७ बजेतिर एनआइसी एसियाको कार्यालय अगाडिको एटीएम मेसिन फुटाएर नगद झिक्न खोजेपनि नसकेपछि भागेका थिए कुरा इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र बस्नेतकाले बताएका छन् ।

बैंकको एटीएम भएको स्थानमा जडान गरेको सीसीटिभी क्यामेराको फुटेज हेरेर चोरीमा संलग्नको खोजी गर्दा धरान–१८स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान क्षेत्रबाट मन्सुरीलाई फेला पारी पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए । उनी गाउँमै पनि चोरी घटनामा पटकपटक पक्राउ परेका थिए । उनलाई मंगलबार नै चोरी उद्योग कसुरमा मुद्दा दर्ता गरिएको र जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।