कर कार्यालयका कम्प्युटर अपरेटर ४३ हजार नगद सहित रंगेहात पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व कार्यालय, बालाजुका कम्प्युटर अपरेटर राजन शर्मालाई ४३ हजार घुस सहित रंगेहात पक्राउ गरेको छ ।

शर्माले टिमुर किचन रेष्टुरेन्ट ढुङ्गेधारा, बनस्थलीका संचालक सन्तोष थापा मगरसँग कर तिर्न सहजिकरण गरिदिए वापत ४३ हजार अतिरिक्त रकम दिदै लिदै गर्दाको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजन शर्मा र सन्तोष थापा मगर दुबै जनालाई बालाजु स्थित आन्तरिक राजश्व कार्यालय परिसरबाट पक्राउ गरी थप अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

ताजा अपडेट