वडाध्यक्ष नै ज्यानमारा ठहरिएपछि …

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिका–४ खुंगाका वडाध्यक्ष तिलक पुनलाई प्रहरीले पक्राउ गरेको छ ।

ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । पुनलाई आज दिउँसो ३ः०० बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । अदालतमा ज्यान मार्ने मुद्दा परेकाले उनलाई पक्राउ गरिएको बागलुङका प्रहरी निरीक्षक विजय भण्डारीले बताए । विसं २०७६ मा भएको कुटपिटको घटनालाई लिएर सोही वडाका लालबहादुर विकलगायत तीन जनाले उनीविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । विसं २०७६ कात्तिक १२ गते खुंगामा एक आपसमा झगडा हुँदा केही स्थानीय घाइते भएका थिए । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पुरानो मुद्दा भएकाले पुनलाई जिल्ला प्रहरी कार्यालय ल्याएपछि अदालत पेश गरिने भण्डारीले जानकारी दिए ।