रेशम चौधरीलाई जेल, कालीबहादुर खामलाई संरक्षण ?

काठमाडौ । प्रहरीको फरार सूचीमा रहेका पूर्वमाओवादी लडाकु कमाण्डर कालिबहादुर खामले एक साताअघि प्रधानमन्त्री केपी ओलीलाई बालुवाटारमै भेटे । उनी शान्ति प्रक्रियापछि विभिन्न अपराधका मुद्दामा फरार थिए । प्रहरीले अपराधीको रुपमा राखेको व्यक्तिलाई प्रधानमन्त्रीले भेट्ने कारण के हो ? धेरै प्रश्नहरु उदाएका छन् ।

ओलीले खामलाई भेटेपछि एक कार्यक्रममा कालीबहादुर खाम अहिले प्रचण्डलाई चाहिएन भनेका थिए । दर्जनौं अपराधका मुद्दामा प्रहरीले खोजी गरिहेको खाम ओलीको प्रिय भएका छन् तर रेशम चौधरीहरुले जेल भोग्नु परेको छ । राज्यले राजनैतिक मुद्दाका रेशमलाई दण्ड र अपराधी खामलाई पुरस्कार दिनुलाई कसरी हेर्ने ? खाम आज ओलीको विश्वासपात्र बनेर धनगढीमा ओलीको कार्यक्रम गर्ने जिम्मेवारी लिएर हिँडिरहेका छन् ।

खाम तात्कालीन चितवनको शक्तिखोर शिविरमा डिभिजन कमाण्डर थिए । त्यसबेला चितवनका व्यापारी रामहरि श्रेष्ठको हत्यामा उनी प्रत्यक्ष संलग्न थिए । खामविरुद्ध सरकारी छाप कीर्ते, दस्तखत किर्ते, चोरी डकैती र हातहतियार खरखजनासम्बन्धी मुद्दालगायतका दर्जनौं आपरधिक मुद्दा लागेका छन् । उनी प्रहरीको फरारसूचिमा रहेका अपराधी हुन् । यस्ता अपराधीसँग प्रधानमन्त्रीको कुम जोडिएको छ ।

यद्यपि राजनैतिक मुद्दा खेपेका रेशम चौधरीलाई फलामको हतकडीले बाँधिन्छ । यही हो त राज्य ?