ओली राजावादी हुन्ः मोहन वैद्य

मोरङ। नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले गृहमन्त्री रामबहादुर थापा बादल स्वार्थ पुरा गर्नका लागि राजावादी ठहरिएका ओली समूहमा गएको आरोप लगाएका छन्।

 

शुक्रवार मोरङको बेलबारीमा नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीले गरेको पत्रकार सम्मेलनमा वैद्यले नेता थापालाई बैचारिक राजनीति भन्दा सत्ताको स्वार्थ पुरा गर्न ओली समूहमा गएको बताएका हुन्। उनले बादल सत्ताको मुतमा निदाएकाले राजावादी ओलीलाई पच्छ्याउन पुगेको आरोप लगाएका हुन् ।

 

वैद्यले प्रचण्डमाधव भन्दा पनि अहिलेको अवस्थामा ओलीको प्रवृत्ति खराब देखिएको बताएका छन् । देश पुरानै अवस्थामा फर्कने खतरा रहेको उनको धारणा छ। वैद्यले प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिहरूले राजतन्त्रलाई सहयोग पुग्ने गतिविधि बढाउने खालको रहेको पनि आरोप लगाए।

 

बस्तुतः ओली राजावादी नै हुन् यसकमा शङ्का छैन वैद्यको बिचार छ ।

ताजा अपडेट