म सिंह हुँ ओली भेडो हुन्ः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू सिंह भएको र ओली भेडा भएको बताएका छन् ।

अदालत र निर्वाचन आयोगप्रति भरोसा भए पनि आफू जनअदालतमा समेत जाने बताएका छन्। अदालत र निर्वाचन आयोगप्रति शंका नगर्ने उनले प्रतिवद्धता पनि जनाए। जनताको अदालतलाई सारा दुनियाले हेर्न खोजेको छ। अदालतका बारेमा केही भन्न चाहदैनौं। संविधान अनुसार निर्णय गर्छ भन्नेमा विश्वास गर्न चाहन्छु। निर्वाचन आयोगप्रति पनि हामी केही भन्न चाहँदैनौं काठमाडौंमा आयोजित अनेमसंघको कार्यक्रममा सम्बोधन गर्दै उनले भने। भेडा र सिंहको कथा सुनाउँदै प्रचण्डले ओलीलाई भेडासँग तुलना गरेका छन्।

 

सिंहको बच्चा आमाबाट छुट्टिएर भेडाको बथानमा पुगेछ। भेडासँग हिँड्दा हिँड्दै सिंहको बच्चा भेडाजस्तै भयो। घाँस खान थाल्यो। भ्यायाँ भ्याँ गर्न थाल्यो। उसको आमाले एक दिन हेर्दा शरीर सिंहको जस्तो बोली भेडाको जस्तो देख्यो। गर्जिनुपर्ने सिंह जस्तो गर्जिएन। त्यसपछि सिंहको आमालाई पिर परेछ र, भेडो भएको सिंहलाई ल्याएर इनारमा अनुहार देखाएर तँ त सिंह होस्। किन भेडाजस्तो भएको भने। त्यसपछि भेडो भएको सिंह पनि गर्जन थाल्यो । ‌ओलीसँगको संगतले आफू पनि भेडा भएको बताउँदै अब गर्जिने बताए। अहिले हामी केपीओली जस्ता भेडासँगको सँगतले भेडा भएका छौं कि क्या हो हामी गर्जियौं भने केपी ओलीजस्ता भेडाको केही चल्दैन, प्रचण्डले भने।

 

प्रचण्डले आन्दोलनका कार्यक्रम आम हडतालसम्मको हुने बताए। त्यसको पार्टी भित्र तयारी भइरहेको उनको भनाई छ। उनले महिलाहरुलाई आन्दोलनमा होमिन आग्रह गरे। महिला सडकमा आउँदा ओली सरकार डराउने बताए। महिला कमरेडहरु एक पटक गर्जिँदा संघीयता विरोधी धराशायी हुनेछन्, उनले सम्बोधनका क्रममा भने। काठमाडौंमा तय भएको ९ गतेको प्रदर्शनलाई व्यापक बनाउन पनि प्रचण्डको अपील थियो। उनले सशस्त्र युद्धका बेला महिलाको भूमिका प्रशंसनीय भएको पनि सुनाए।

 

प्रतिगमनका विरुद्ध संघर्ष गर्ने ठाउँमा आइपुगेका छौं। हाम्रो आन्दोलन अलिकति शिथिल हुने हो कि भन्ने दुई वर्षमा देखिएको थियो। पुरुषहरु जेल पर्न थालेका थिए। महिलाले अद्भुत योगदान देखाए। लोग्ने जेल पर्‍यो। पुरुषले पत्र लेखेर आत्मसमर्पण गर्दा महिलाले डिभोर्स गरेको घटना पनि हामीले देख्यौं। आँखा तानेर जिउँदै जलाउने काम भएको थियो। प्रहरी ज्यादती धेरै थियो, उनले भने, कालीकोट जस्ता जिल्लामा महिलाले हतियार खोसेर लडेका छन्।

 

हामीले बलिदानी नदिएको भए लोकतन्त्र आँउँथ्यो त ? प्रचण्डले प्रश्न गरे

 

ताजा अपडेट