हुम्ली वडाध्यक्षको टाउको फुटाए नेकपा कार्यकर्ताले

हुम्ला । हुम्लामा नेकपाको ओली र प्रचण्ड–नेपाल समूहबिच झडप हुँदा वडाध्यक्षको टाउको फुटेको छ ।

सो झडपमा अदानचुली गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष रंग थापा घाइते भएका छन्। हाल उनी ओली पक्षधर हुन् । पहिले उनी माओवादी पार्टीमा रहेका थिए । १ नम्बर वडाको कल्ख्यामा नेकपाको ओली पक्षले वडा कमिटी गठन गरेर फर्कने क्रममा बाटोमा प्रचण्ड–माधव पक्षका कार्यकर्ताहरुले ढुङ्गामुढा गर्दा वडाध्यक्ष थापा घाइते भएका गाउँपालिकाका अध्यक्ष दल फँडेराले जानकारी दिएका छन् ।

उनको टाउको तथा मुखमा चोट लागेकोको पनि फँडेराले बताए । घाइते थापालाई स्थानीय स्वास्थ्य चौकी लगेर ६ वटा टाँका समेत लगाइएको छ।