तँ जोगी होस्ः प्रचण्ड, तँ स्याल होस्ः बादल

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेजिटेरियन आन्दोलनले ओली सत्ता नजाने बताउँदै युवाहरुलाई ननभेज आन्दोलन अर्थात् आवेग र उत्तेजित आन्दोलन गर्न सुझाए ।

 

अनेरास्ववियूको भेलालाई सम्बोधन गर्दै प्रचण्डले केपी शर्मा ओली र उनका मानिसहरुले सेटिङ भइसकेको छ भन्दै हिँडेकाले गर्जिनुपर्ने बेला आएको बताए । हाम्रो आन्दोलन आवेगमय हुनुपर्‍यो, आक्रामक हुनुपर्‍यो । बाघ सिंह गर्जिए जस्तो गर्जिनुपर्‍यो ताकि प्रतिक्रान्तिकारीहरुको मुटु हल्लियोस् अब शाकाहारी आन्दोलनले मात्र पुग्ने देखिँदैन , अब ननभेज नै हुनुपर्यो ।संसद विघटनविरुद्ध जनमत रहेको तर, आन्दोलनको स्वीच दबाउने काम युवा विद्यार्थीहरुको भएको बताए । आन्दोलनको अग्रपंक्तिमा आफूसहितका नेताहरु रहने भन्दै प्रचण्डले टाउको चिलाएको हो कि के हो, एक पटक लाठी खान मन छ, एक पटक फेरि हिंस्रक हुनुपर्ने अवस्था आइसकेको छ भनेका छन् ।

 

आन्दोलनकारीको रक्षाका लागि आफ्नो टाउको फुटाउन तयार रहेको, तर प्रतिगमनलाई कुनै हालतमा सफल हुन नदिने उनले बताए । नेपाललाई प्रतिगमनतिर लगेर फाइदा उठाउने कुनै शक्तिले सोचेको छ भने त्योे भ्रम हो उनले भने । प्रचण्डले मन्त्रीको लोभमा ओली समूहमा लागेकाहरुको अनुहार नै चिन्न छाडेको पनि प्रतिक्रिया दिएका छन् ।

कार्यकर्ता नभएकालाई पार्टीमा ल्याएर स्थायी कमिटीमा लगेको तर, मन्त्री हुन दौडिएको उनले बताए । ती जोगीहरु देखेर मलाई त लाज लागेको छ उनले भने, यति धेरै खरानी खसेका छन् कि मैले त अनुहार नै चिन्न छाडेको छु भन्दै उनले बादललगायतलाई व्यङ्ग्य गरे ।

 

उता बदलले प्रचण्डलाई उनी चाँहिँ कौनसा राजा राजकुमार हुन् र मलाई जोगी भनेका छन् भन्दै जङ्गिए । जङ्गलका स्याल प्रचण्डले मलाई जोगी भन्दा आफ्नो हैसियत भुलेको बताएका छन् । भारतको गुलामी गरेर तिनी नेता भएका हैनन् तपाईंहरुलाई थाहै छ नि ? बादलले बताए ।