नुवाकोटमा ज्यान मार्ने उद्योगमा एक जना पक्राउ

नुवाकोट। नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ५ का एक युवा ज्यान मार्ने उद्योगको मुद्दामा पक्राउ परेका छन्।

बेलकोटगढी ५ का २६ वर्षीय राजु राई श्रीमतीको हत्या प्रयास गरेको अभियोगमा पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार गत असार १२ गते राईले श्रीमतीको ज्यान लिने उद्देश्यले खुर्पा प्रहार गरेका थिए ।

त्यसपछि श्रीमतीले प्रहरी कार्यालयमा श्रीमतीले किटानी जाहेरी दिएपछि प्रहरीले माघेसंक्रान्तिको दिन पक्राउ गरेको हो । प्रहरीले राईलाई अदालतमा पेश गरी म्याद थप गरेर अनुसन्धान गरिरहेको छ  , उनले साँझको समयमा सामान्य विवादमै श्रीमती माथि खुर्पा प्रहार गरेको प्रहरीमा स्वीकारेका छन् ।

उनका परिवारका सदस्यले पनि राजुले खुर्पा प्रहार गरी श्रीमतीको ज्यान मार्ने उद्योग गरेको बताउँदै आएका छन् ।

यसअघि राजु फरार थिए ।