किन लग्यो बाघले मान्छे घिसारेर पर्साबाट ?

पर्सा । बाघले एकजना बटुवालाई घिसारेर लगेको आशंकामा पर्सा राष्ट्रिय निकुञ्जमा प्रहरी, नेपाली सेना र निकुञ्जको टोली खोजीको लागि परिचालन गरिएको छ ।

बिहान ८ बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत अमलेखगञ्ज–पथलैया सडकखण्डबाट बाघले बटुवालाई घिसारेर लगेको खबर पाएपछि खोजीका लागि प्रहरी, नेपाली सेना र निकुञ्जको टोली परिचालन गरिएको पर्सा राष्ट्रिय निकुञ्जले जानकारी गराएको । निकुञ्जका अनुसार यस्तो द्दटना पहिले पनि भएको थियो ।

 

पर्साका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बिहान ती बटुवा पिसाब फेर्न पूर्व–पश्चिम राजमार्ग छेउको आधाभार जंगल छिरेको समय बटुवालाई बाघले आक्रमण गरेको बताए । त्यसक्रममा उनलाई बाघले घिसारेर लगेको भनी एक महिलाले प्रहरीलाई सूचना दिएकी थिइन् । त्यसपछि प्रहरीलेअन्य सुरक्षा संयन्त्रसँग सहयोगको समन्वय गरी खोजी कार्य जारी राखेको छ ।

 

पर्साकी ती महिलाले बाघले आक्रमण गरी घिसारेर जंगलतर्फ लगेको भनी हुलियासहित विवरण दिएपछि खोजी थालिएको प्रहरी एवं स्थानीयबासीले बताएका छन् ।

 

चार वटा हात्तीसहित सेना, निकुञ्ज र प्रहरीको टोलीले खोजी गरिरहे पनि अहिलेसम्म फेला पार्न नसकेको मिश्रले बताएका छन् ।

 

मानवजातिको वन्यजन्तुमाथिको अत्याचार दिनानुदिन बरिहेको बेला वन्यजन्तुले पनि मानव जातिलाई आक्रमण गर्ने क्रम जारी छ । गत हप्ता पनि यसै गरी बाघले आमा खाइदिँदा छोरा टुलुटुलु हेर्न विवश थियो। गत हप्ता पनि बाघले मान्छे मान्छे खायो । यस हप्ता पनि यसै गरी मान्छे खायो अब मान्छेले वन्यजन्तुलाई अपहेलना गर्न छाड्नुपर्छ ।