बच्चालाई करणी गर्न खोज्ने ईलामका एक पक्राउ

इलाम । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा ईलाम नगरपालिका ७ बस्‍ने २५ वर्षीय बिनायक बरईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

 

बरईले ती बालिकालाई घरमा कोही नभएको अवस्थामा जबरजस्ती करणी उद्योग गरेका हुन् ।

 

बरईले ती बालिकालाई जबरजस्ती करणी उद्योग गरेको भन्‍ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ईलामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।