कसले हैकम कायम गर्ला हिन्द महासागरमा चीन या भारत ?

ईकालोपाटी व्यूरो

पहिलेदेखि भारत र चीनबीच स्थलसीमा विवाद चलिरहेको थियो । यो सर्वविदितै छ । हाल हिन्द महासागरमा पनि चीनले आफ्नो दाबी गरिरहेको छ । हिन्द महासागरमा सुरक्षाको कारण देखाएर चीनले बारम्बार खाफ्नो प्रभुत्वकोदावी गरे पछि भारत र चीनबीच थप तनाव उत्पन्न भएको हो । आगामी दिनमा त्यहाँ कसको प्रभुत्व कायम हुने भन्ने विवाद टड्कारो रुपमै देखा पर्नेछ । चीनले हिन्द महा सागरमा लगातार आफ्नो दाबी गरेपछि भारत चिन्तित बन्दै गइरहेको तथ्य कसैबाट लुकेको छैन ।

 

चीनलाई घेराउ गर्नका लागि भारत कूटनीतिक र रणनीतिक किल्ला बनाएर अघि बढेको भए पनि ऊ हाल त्यसमा सफल हुन सकेको छैन । उसका प्रयासहरु लगातार विफल रहेका छन् । चीन र भारतबीचको यो तिक्तताले ठूला सामरिक युद्धहरुको खतरा बढेर जाने हुन सक्छ । गत हप्ता इरानले पनि कोरियाली युद्धपोतहरुलाई अपहरण गरेपछि भूराजनैतिक सामरिक कुरामा विश्व स्तरमा नयाँ युद्ध आँकलन गरिएको थियो ।

 

चीनको पश्चिमी हिन्द महासागरमा उपस्थिति तीव्र गतिमा बढ्दैछ । यो अमेरिकालगायत अरु शक्ति राष्ट्रहरुको लागि पनि खतराको विषय हो । यस्तो अवस्था रहँदा भारतले रणनीतिक रूपमा मेडागास्कर र कोमोरोस टापु समूहसँग रक्षा र सुरक्षा दुवै बढाउनका लागि सहयोगको अपेक्षा गरेको छ । चीनलाई एक्लाउने शक्तिराष्ट्रहरुकको खेलमा भारत पहिलेदेखि नै सक्रिय छ । भारत चीन दुबै देशका रक्षामन्त्रीहरूले हिन्द महासागर क्षेत्रको बैठकमा आआफ्नो दाबी गर्नेछन् । भारतले यसै साता बैठक आयोजनागर्दै छ । चीन एसियामा आफ्नो प्रभाव बढाउन जुनसुकै कदम चाल्न पछि पर्ने छैन । सुरक्षाको विषयले आफूले हिन्दमहासागरमा दाबी गरेको भने तापनि चीनको दउ त व्यापार र युद्धको लागि शक्तिशाली रहनुमा हुनेछ । यसले दुई छिमेकीको वैमनश्य अझ बढेर जानेमा शंका छैन ।

 

चीनलाई मेडागास्कर र कोमोरोसको भूराजनीतिक महत्त्व राम्ररी थाहा छ । उसले यस कुरालाई स्वीकार गर्दै ची कनेक्टिभिटी र सेक्युरिटी सम्बन्धी गतिविधिलाई लगातार बढाउँदै लगिरहेकोको छ । चीनको दाउ त भार।तलाई यो क्षेत्रमा पराजित गर्नेमा रहनेछ । नभए उसलाई यस क्षेत्रमा आउनुपर्ने कारण नै छैन । सुरक्षामा नजर राख्नका लागि भन्र्दैचीनले मेडागास्करमा रक्षा अट्याशे नियुक्त गर्नेसम्मको विचार गर्नु यसकै एउटा कडीको रुपमा भूराजनैतिक अवस्थालाई बुझ्नेहरुले अथ्र्याएका छन् ।

 

यता भारतीय विदेश मन्त्रालयले सन् २०१९ मा हिन्द महासागरका मुलुकहरू श्रीलंका, माल्दिभ्स, मरिसस र सेसेल्सलाई आफ्नो पक्षमा पार्न गरेको प्रयास बालुवामा पानी जस्तो हुँदै गएको छ । उसको यो प्रयासलाई धेरैले धेरै थरी अर्थ लगाएका छन् ।उसको यो प्रयास असफल हुँदे गएपछि भारत थप चिन्तामा छ । चीनको गतिविधि रोक्ने प्रयास पूर्णतः असफल हुँदै गएको बेला भारतीय विदेश मन्त्रालयले यसका लागि इन्डियन ओसन रीजन डिभिजन गठन गर्ने निर्णयसमेत लिएको थियो, त्यो पनि प्रभावकारी नहुँदा भारत एक किसिमले थकित झैं भएको छ । भूसामरिक टापुहरूसँगको द्विपक्षीय सम्बन्धलाई राम्रो बनाउनु चीन र भारत दुबैको लागि फाइदाको विषय भए तापनि दुबै देश प्रभूत्वको लागि लडिरहेका छन् । यसो नगरेर दुबै मुलुक पश्चिमी हिन्द महासागरमा जलसेनाको उपस्थिति बढाउने लक्षका साथ अघि बढ्नु दुखको विषय हो ।

चीनले सुरक्षा चुनौति भन्दै अघि बढे पनि दुबै मुलुकले राख्न चाहेको चाँहि जलसेनाको हैकम नै हो । हिन्द महासागरमा कसको युद्ध तोपहरु खडा हुने हो यो त आगामी दिनहरुमा देखिने नै छ । चीनको जित पश्चिमाहरुलाई कदापि स्वीकार्य हुने छैन । भारत यसमा पश्चिमा देशहरुसँग सहयोग माग्न पनि पछि पर्ने छैन । अब यसतोमा यस क्षेत्रमा कसले आफ्नो हैकम जनाउने हो त्यो भने अहिले नै निर्णय गर्न भने गाह्रो छ ।