अष्ट्रेलियाली नागरिकहरुलाई अक्टोबरसम्ममा कोरोनाको खोप दिइसक्ने

क्यानबेरा । अष्ट्रेलियाली नागरिकहरुलाई आगामी अक्टोबर महिनासम्ममा कोरोना भाइरस विरुद्धको खोप दिइसक्ने बताइएको छ । अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिससले सोमबार सो कुराको जानकारी गराएका हुन् ।

उनले नेसनल प्रेस क्लबमा आज गरेको सम्बोधनका क्रममा सो जानकारी दिएको राजधानी क्यानबेराबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी गराएका छन् ।

प्राप्त समाचारअनुसार प्रधानमन्त्री मरिससले सो कार्यक्रममा बोल्दै भनेका थिए कि अष्ट्रेलियाली नागरिकलाई यसै वर्षको अक्टोबर महिनभित्र खोप दिइ सक्ने कार्यक्रम यहाँको सरकारले बनाएको छ र मलाई लाग्छ यो अष्ट्रेलियाको इतिहासमै एउटा गाह्रो काम हुनेछ । यसका लागि अष्ट्रेलियाली सरकारले यहाँका सबै नागरिकलाई खोप लिनका लागि उत्साहित गरेको जानकारी पनि उनले दिएको थियो ।

त्यस सम्बोधनका क्रममा प्रधानमन्त्री मरिसनले अष्ट्रेलियाली नागरिकलाई खोप लाउने काममा प्रोत्साहन गर्नु पनि गाह्रो काम भएको बताए । सबै नागरिकलाई खोप दिने कार्यक्रम र त्यो पनि आगामी अक्टोबर महिनाभित्रै सक्ने काम बडो महत्वाकांक्षी रहेको पनि उनले बताए ।
यस प्रयोजनका लागि प्रधानमन्त्री मरिसनले सरकारले १९ अब अष्ट्रेलियन डलर बराबरको बजेट छुट्याइएको पनि जानकारी गराएको थियो ।

यस सम्बोधनका क्रममा उनले खोप कार्यक्रमका लागि छुट्याइएको यो रकम अष्ट्रेलियाको इतिहासमै सबैभन्दा ठूलो रकम भएको पनि जानकारी दिएको थियो । अष्ट्रेलियाले यो कार्यक्रम अन्तर्गत यहाँका कम्तीमा पनि २ करोड ५० लाख अष्ट्रेलियाली नागरिकलाई खोप दिइने भएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

यस प्रयोजनका लागि अष्ट्रेलियाले एक करोड डोज फाइजरको खोप बुकिङ गरिसकेको छ र यी डोजहरु पहिलो चरणमा लगाइने छ । त्यसपछि विस्तारै आवश्यकता अनुसार अरु डोजहरु पनि लगाइने भएको अष्ट्रेलियाली नागरिकले जानकारी दिएका छन् ।

ताजा अपडेट