नेप्से उच्च अंकले बढ्यो

काठमाडौं । आज सोमबार नेप्से बढेको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज सोमबार ३७ दसमलव सात अंकले बढेर २४ सय आठ दसमलव आठ बिन्दुमा चढेकोमा सेन्सिटिभ पनि चार दसमलव ९५ अंकले बढेर चार सय ३७ दसमलव २८ बिन्दुमा चढेको छ ।

आज दुई सय तीन वटा कम्पनीहरुको ६५ हजार सात सय ७८ पटकको कारोवारमा एक करोड ३३ लाख ११ हजार नौ सय ४२ कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा आज छ अर्ब ९७ करोड २९ लाख ३६ हजार पाँच सय २९ रुपैयाँको सेयर किनबेच भएको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकाछन् । ति मध्ये लघुबित्त र सामुहिक लगानी कोष समुहको सुचक घटेर बाँकी समुहको सुचक बढेकाछन् । आज बाँणिज्य बैंक समुहको सुचक २० दसमलव चार अंकले बढेर १६ सय ८९ दसमलव ६६ बिन्दुमा चढेकोमा जलबिद्युत समुहको सुचक पनि ३३ दसमलव छ अंकले बढेर १८ सय ७६ दसमलव ९१ बिन्दुमा चढेको छ ।

यि बाहेक बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुलक र अन्य समुहको सुचकहरु पनि बढेकाछन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको सेञ्चुरी कर्मसियल बैंकको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर दुई सय ५३ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको कालिका माईक्रो क्रेडिट लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य भने छ दसमलव ५६ प्रतिसतले घटेर १२ सय ३९ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल पुर्नबीमा कम्पनीको प्रतिकित्ता १६ सय १७ रुपैयाँ अन्तिम मुल्यमा ५८ करोड १७ लाख १५ हजार नौ सय २२ रुपैयाँको कारोवार भएको छ ।