कांग्रेस एकजुट भएर हिँडे मुलुकको भविष्य उज्वल

काठमाडौं : नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले नेपाली काँग्रेसले आन्दोलन गर्दा कसैसँग मिल्नु नहुने बताएका छन्।

सोमवार पूर्व प्रधानमन्त्री सुशील कोईरालाको छैठौँ स्मृति दिवसको अवसरमा सुशील कोईराला सोसलिष्ट युथ सर्कलले काठमाडौंमा आयोजना गरेको संकटमा संविधान विषयक विचार गोष्ठीमा महामन्त्री कोईरालाले यस्तो धारणा राखेका हुन्।  नेपाली काँग्रेसको आफ्नै विचार र अस्तित्व भएका कारण संयुक्त आन्दोलनमा जानु नहुने उनको भनाई छ। संयुक्त आन्दोलनमा गए कांग्रेसलाई घाटा हुने कोइरालाले बताए।

महामन्त्री कोईरालाले आफ्नो कार्यकर्ताहरुलाई समेटेर एकजुट बनाएर लिएर जान सके कांग्रेसको भविष्य उज्वल रहेकोसमेत तर्क गरे।