चीन र जापानको पानी जहाज एक आपसमा ठोक्कियो

एजेन्सी ।  हङकङको एक पानीजहाजसँग जापानको पनडुब्बी ठोक्किएको छ।

जापानको दक्षिणी तटमा उक्त दुर्घटना भएको थियो। सोमबारको यस घटनामा तीनजना घाइते भएको एससीएमपीले जनाएको छ।

८४ मिटर लामो सोर्यू पनडुब्बी ५० किलोमिटरको दुरी तय गर्दै थियो। उक्त पनडुब्बी जापानको दक्षिणपश्चिमी सिकोकु टापुतर्फ जाँदै थियो।

सोही क्रममा चीनको सिङदाओबाट ओकायामा जाँदै गरेको हङकङको जहाजसँग पनडुब्बी ठोक्किएको थियो।

हङकङको जहाजले ९० हजार टन फलाम बोकेको थियो। त्यहाँ २१ चिनियाँ कामदार थिए।