इन्टरमिलानलाई हराउँदै युभेन्टस फाइनलमा

एजेन्सी । कोपा इटालियलाको सेमिफाइनलमा इन्टरमिलानलाई हराउँदै युभेन्टस फाइनलमा प्रवेस गरेको छ। युभेन्टसको मैदानमा भएको गएराति भएको सेमिफाइनलको दोस्रो लेगको खेल बराबरीमा रोकिए पनि समग्रमा २-१ ले युभेन्टसले जित निकालेको हो।

यसअघि सेमिफाइनलको पहिलो लेगमा मिलान घरेलु मैदानमा २-१ ले पराजित भएको थियो। उक्त खेलमा क्रिस्टियानो रोनाल्डोले दोहोरो गोल गर्दै युभेन्टसको जित सुनिश्चित गरेका थिए। त्यस्तै गएराति सम्पन्न खेल गोलरहित बराबरीमा रोकिँदा युभेन्टसले समग्रमा २-१ ले खेल आफ्नो पक्षमा पारेको हो।

जितसँगै फाइनल प्रवेश गरेको युभेन्टसले फाइनलमा एटलान्टा र नापोलीबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

गत सिजन युभेन्टस फाइनलमा नापोलीसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो।

ताजा अपडेट