रूसको कोमी क्षेत्रमा आगलागी

काठमाडौं । रूसको कोमी क्षेत्रमा मंगलबार एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको त्यहाँका समाचार माध्यमले जनाएका छन्।

कोमी राज्यको राजधानीमा भएको आगलागीपछि घटनास्थलमा उद्धार सेवाहरू आइपुग्दा उक्त निजी आवासीय भवनलाई आगोले जलाइसकेको त्यहाँको प्रशासनले जनाएको छ।

घटनामा मृत्यु हुने सबै वयस्क रूसी नागरिक रहेका र उनीहरूको पहिचान भइरहेको बताइएको छ। स्थानीय समय अनुसार मंगलबार ६ बजेसम्ममा आगलागी नियन्त्रणमा आइसकेको छ। आगलागीका कारण केही व्यक्ति घाइते भएको बताइएको छ।

आगलागीले उक्त निजी आवासीय भवनको ४९ वर्गमिटर क्षेत्रमा क्षति पुगेको बताइएको छ।